आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा फायर फाइटिङ तालिम : के–के सिकाइयो ?

शुक्रबार, ०५ असोज २०८०, १४ : १६
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद् उद्धार गण काठमाडौंले फायर फाइटिङ तालिम सम्पन्न गरेको छ । 

कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले बढ्दो शहरीकरणसंगै जुनसुकै स्थानमा हुनसक्ने आगलागी नियन्त्रण तथा धनजनको क्षति न्युनिकरणमा तत्कालै परिचालन हुनसक्ने दक्ष जनशक्ति उत्पादन र पूर्व तयारी स्वरुप यस प्रकारको तालिम संचालन गरिएको बताए । 

करीब ४ हप्ता अवधिको तालिम २ जना महिलासहित कूल ५० जनाले सफलतापूर्वक सम्पन्न गरेका छन् । कार्यक्रममा प्रशिक्षार्थीहरुले ग्यास पाइप, रेगुलेटरमा लागेको आगो नियन्त्रण गर्ने विधी, मानिसको शरीरमा लागेको आगो निभाउने बिधि तथा शहर बस्ती इलाकामा लागेको आगोलाई दमकलको सहायताले नियन्त्रण गर्ने सम्बन्धी डेमोस्ट्रेशन गरिएको थियो ।

तालिममा प्रशिक्षार्थीहरुलाई आगलागी नियन्त्रण गर्दा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु, आगलागी नियन्त्रण गर्ने तरिका र चरणहरुको बारेमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण गराइएको सशस्त्र प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप