काठमाडौँमा फायर फाइटिङ तालिम : के–के सिकाइयो ?
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद् उद्धार गण काठमाडौंले फायर फाइटिङ तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले बढ्दो शहरीकरणसंगै जुनसुकै स्थानमा हुनसक्ने आगलागी नियन्त्रण तथा धनजनको क्षति न्युनिकरणमा तत्कालै परिचालन हुनसक्ने दक्ष जनशक्ति उत्पादन र पूर्व तयारी स्वरुप यस प्रकारको तालिम संचालन गरिएको बताए ।
करीब ४ हप्ता अवधिको तालिम २ जना महिलासहित कूल ५० जनाले सफलतापूर्वक सम्पन्न गरेका छन् । कार्यक्रममा प्रशिक्षार्थीहरुले ग्यास पाइप, रेगुलेटरमा लागेको आगो नियन्त्रण गर्ने विधी, मानिसको शरीरमा लागेको आगो निभाउने बिधि तथा शहर बस्ती इलाकामा लागेको आगोलाई दमकलको सहायताले नियन्त्रण गर्ने सम्बन्धी डेमोस्ट्रेशन गरिएको थियो ।
तालिममा प्रशिक्षार्थीहरुलाई आगलागी नियन्त्रण गर्दा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु, आगलागी नियन्त्रण गर्ने तरिका र चरणहरुको बारेमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण गराइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण