'प्यालेस्टिनीको पूर्ण अधिकार बिना मध्यपूर्वमा शान्ति हुँदैन'
संयुक्त राष्ट्रसङ्घ । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले प्यालेस्टिनीहरूले आफ्नो वैध अधिकार पूर्ण रूपमा उपभोग गर्न नसक्दासम्म मध्यपूर्वमा शान्ति कायम नहुने बताएका छन् ।
“प्यालेस्टिनी जनताले आफ्नो वैधानिक राष्ट्रिय अधिकारको पूर्ण उपभोग नगरी मध्यपूर्वमा शान्ति कायम गर्न सकिन्छ भन्ने सोच्नेहरू गलत हुनेछन्,” अब्बासले संयुक्त राष्ट्रसङ्घको महासभाको ७८औँ अधिवेशनको सामान्य बहसमा भने ।
उनले संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टाइनको पूर्ण सदस्यताका लागि आह्वान गर्दै प्यालेस्टाइनलाई राज्यको मान्यता दिन आग्रह गरे ।
उनले भने, “संयुक्त राष्ट्रसङ्घले पर्यवेक्षक राष्ट्रको रूपमा स्वीकारेको प्यालेस्टाइन राज्यलाई मान्यता दिन अमेरिका र युरोपेली राष्ट्रहरूसमेत केही देशहरू अनिच्छुक छन् भन्ने कुरा म न त बुझ्न सक्छु, न त स्वीकार्न सक्छु ।
उनले अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गर्न आग्रह गरे । यसमा मध्यपूर्वमा शान्ति स्थापनासँग सम्बन्धित सबै देशले भाग लिनेछन् । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई सम्मेलनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरे ।
उनले संयुक्त राष्ट्रसङ्घ र महासचिवलाई प्यालेस्टिनी जनतालाई सुरक्षा प्रदान गर्न सम्बन्धित प्रस्तावहरू कार्यान्वयन गर्न पनि आह्वान गरे ।
उनले भने, “इजरायलले दुई–राज्य विवाद समाधानको व्यवस्थित उल्लङ्घन गरेको छ । संयुक्त राष्ट्रसङ्घका प्रत्येक सदस्य राष्ट्रलाई आफ्नो राष्ट्रिय क्षमतामा, सान्दर्भिक प्रस्तावहरूको आधारमा व्यावहारिक कदम चाल्न आह्वान गर्नु आवश्यक भएको छ ।”
यस सन्दर्भमा थप तर्क राख्दै उनले भने, “अन्तर्राष्ट्रिय समुदायलाई मेरो सन्देश के हो भने राष्ट्रसङ्घले पूर्ण साहसका साथ आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ र प्यालेस्टाइनी अधिकारलाई साकार पार्ने सम्बन्धी प्रस्तावहरू कार्यान्वयन गर्नुपर्छ ।”- (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण