सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकद्वारा आन्दोलन जारी रहने घोषणा
काठमाडौँ । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका छन् । शुक्रबार साँझ नेपाल राहत शिक्षक केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहने घोषणा गरेको हो ।
नेपाल राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाइँद्वारा जारी विज्ञप्तिमा शुक्रबार भएको सहमतिमा आफूहरुको असहमति रहेको जनाइएको छ ।
विज्ञप्तिमा वार्ताको सिलसिलामा सुनियोजित ढंगले सिर्जित परिस्थितिले सम्पूर्ण शिक्षक कर्मचारीको अपमान हुने र राहात शिक्षकको न्यायोचित स्थायी व्यवस्थापन नहुने भएपछि केन्द्रीय अध्यक्षले वार्ता बहिष्कार गरि बाहिरिएको समेत जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘अहिले विभिन्न सञ्चारमाध्याम साथै सामाजिक सञ्जालबाट दुष्प्रचार भैरहेकोप्रति खेद प्रकट गर्दै तथाकथित सहमति चार लाख शिक्षक कर्मचारीमाथिको भद्दा मजाक, धोका, अपमान, आम शिक्षक कर्मचारीलाई गुमराहमा राख्ने र झारा टार्ने गरी सार्वजनिक भएको सहमति घोर आपत्तिजनक रहेको नेपाल राहत शिक्षक केन्द्रीय समितिको ठहर रहेकोले चालु सडक आन्दोलन यथाववत राख्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई सशक्त सडक आन्दोलनमा सरिक हुन आह्वान गर्दै यो विज्ञप्ति जारी गरिएको छ ।’
४० हजार राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने आफूहरुको माग भएपनि त्यो पुरा हुन नसकेको भन्दै राहत शिक्षकहरुले आक्रोश पोख्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण