विवाद भएपछि एकीकृत समाजवादीको अपानि–११ कार्यान्वयनमा रोक
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्यविभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) ११ कार्यान्वयन नहुने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले उक्त अपानी रोक्ने निर्णय गरेको हो । सो पार्टीका सम्मानित नेता झलनाथ खनालले भदौ ५–७ मा बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि जारी भएको अपानिको कार्यान्वयन रोक्ने निर्णय भएको जानकारी दिए ।
‘अस्ति जारी भएको अपानि कार्यन्वयनमा रोक लगाइएको छ त्यो अपानि कार्यान्वयन हुँदैन । अब पुन परिमार्जन गरेर मात्रै कार्यान्वयनमा जाने अर्को अपानि जारी हुन्छ’, नेता खनालले भने, ‘रोक्ने निर्णय भएपछि कार्यान्वयनमा जाने कुरै भएन ।’ उनले के–के विषय परिमार्जन हुने भन्नेबारे भने खुलाएनन् ।
अध्यक्ष नेपालले छलफलबिनै अपानि–११ जारी गरेको भन्दै नेताहरुले चर्को असन्तुष्टि जनाउँदै कतिपयले राजीनामा नै दिएका थिए । अध्यक्ष नेपालले २१ जना नेतालाई केन्द्रीय समितिमा मनोनयन र धेरै नेताहरुको कार्यविभाजन गरेको अपानि जारी गरेका थिए । तर उक्त अपानिप्रति सम्मानित नेता खनालले समेत आपत्ति जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण