कांग्रेस बैठकमा केसीको आक्रोश : हरेक क्षेत्रमा विधिविहिनता पराकाष्ठामा पुग्दैछ
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले देश असफलता र सामाजिक पद्धति अराजकतातिर गइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । जारी सोमबारको केन्द्रीय समिति बैठकमा लिखित धारणा राख्दै नेता केसीले लोकतन्त्र विधिको शासन भएकाले विधिविहिनताले न देश न पार्टी चल्ने भएकाले नेतृत्वको गम्भीर ध्यान जान जरुरी रहेको बताएका छन् ।
‘राज्यमा सुशासन नभए जनतामा अनुशासन हुँदैन । पार्टी विधिसंगत सञ्चालन नभए कार्यकर्तामा अराजकता र अनुशासनहीनता फैलिन्छ, । आज हरेक क्षेत्रमा विधिविहिनता पराकाष्ठामा पुग्दैछ’, केसीले भनेका छन् ।
साथै उनले समाजमा व्यापक निराशा र असन्तुष्टि किन बढिरहेको भनेर प्रश्न समेत गरेका छन् । ‘बेथिति, अव्यवस्था, विधिविहिनता र भ्रष्टाचार किन मौलाइरहेको छ ? सुशासन केवल नारामा मात्र किन सीमित छ ? देश असफलता र सामाजिक मनोविज्ञान अराजकता किन धकेलिरहेको छ ? आज जनस्तरमा देखिएको यो निराशा र वितृष्णामा हामी को को कति दोषी छौँ ?’, केसीले यस्ता प्रश्न गर्दै अब छिपछिपे ज्ञान र टालटुले समाधान वा केवल प्रियतावादी (पपुलिस्ट) तरिकाले नहुने बताएका छन् ।
नेता केसीले जनतामा नयाँ आशा, विश्वास र भरोसाको प्रत्याभूति दिने वातावरण निर्माणको लागि समाधानको ठोस नीति, वैचारिक पुनर्जागरण र रूपान्तरण सहित नयाँ आशा, विश्वास र भरोसा सिर्जना गर्नु जरुरी बताएका छन् । ‘देश असफलता र सामाजिक पद्धति अराजकतातिर गइरहेको छ’, केसीको भनाइ छ ।
नेता केसीले नेताहरू पार्टी कब्जाको होडमा लागेको तर जनता पार्टीबाट टाढिँदै गएको पनि बताएका छन् । ‘पार्टी कब्जाको होडमा हामी छौँ, तर जनता पार्टीबाट टाढा टाढा हुँदैछन्’, केसीको भनाइ छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण