रातोपाटीकर्मी धामीमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुरको आपत्ति
काठमाडौँ । रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुरले आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले ७/८ जनाको समूहमा आएका व्यक्तिहरुले धामीमाथि रातोपाटीको केन्द्रीय कार्यालय बखुण्डोल नजिकै सांघातिक आक्रमण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ,'पत्रकारमाथि भएको यो जघन्य घटनाको पत्रकार महासंघ ललितपुर शाखा खेद प्रकट गर्दछ । लोकतान्त्रिक व्यवस्थामा एउटा पार्टीका कार्यकर्ताबाट भएको यो व्यवहारले हामीलाई दुखत तुल्याएको छ । यसको जति शब्दमा भर्त्सना गरेपनि अपुरो हुन्छ । कुटपिटबाट घाइते पत्रकार कृष्णसिंह धामीको स्वास्थ्य लाभको कामना गर्दछौं ।'
सोमबार दिउँसो करिब साढे ४ बजेतिर खाजा खाएर कार्यालयतर्फ फर्किने क्रममा धामीमाथि एक समूहले अन्धाधुन्ध आक्रमण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण