रातोपाटीकर्मी धामीमाथि भएको आक्रमणको नाफिजद्वारा भर्त्सना
सोमबार, ०८ असोज २०८०, १९ : २८
काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको घटनाको भर्त्सना गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै नाफिजले नाफिज सदस्यसमेत रहेका रातोपाटीकर्मी धामीमाथि भएको सांघातिक आक्रमणको घोर भर्त्सना गरेको हो ।
रातोपाटीको कार्यालयनजिकै पुल्चोकमा धामीमाथि सोमबार दिउँसो केही अज्ञात समूहले आक्रमण गरेको थियो ।
नाफिजका महासचिव नवीन ढुंगानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'समाचार लखेको कारण यसअघि पटकपटक आक्रमणको धम्की खेपिरहेका धामीमाथिको आजको आक्रमणले राजधानीमै सञ्चारकर्मीहरु असुरक्षित रहेको भान हामीलाई भएको छ । सम्पूर्ण नाफिज परिवार आक्रमणमा परी घाइते भएका धामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दोषीमाथि हदैसम्मको कारवाहीका लागि सरकार र नेपाल प्रहरीको ध्यानाकर्षण गराउँदछौं ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण