रातोपाटीकर्मी धामीमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आपत्ति
काठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको घटनाप्रति आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै समितिले रातोपाटीकर्मी धामीमाथि भएको सांघातिक आक्रमणले समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
समितिले धामीमाथि रातोपाटीको केन्द्रीय कार्यालय बखुण्डोल नजिकै सांघातिक आक्रमणको विरोध तथा भर्त्सना गरेको छ । समाचारको विषयलाई लिएर भएको भौतिक आक्रमणको भर्त्सना गर्दै समितिले आक्रमणमा संलग्नमाथि तत्काल कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । भौतिक याक्रमणमा उत्रनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमाथिको ठाडो हस्तक्षेप भएको समितिको ठम्याई छ ।
सोमबार दिउँसो करिब साढे ४ बजेतिर खाजा खाएर कार्यालयतर्फ फर्किने क्रममा धामीमाथि एक समूहले अन्धाधुन्ध आक्रमण गरेको थियो ।
यस्तै धामीमाथि भएको सांघातिक आक्रमणको नेपाल पत्रकार महासंघ ललितपुर, अनलाइन पत्रकार संघ, शिक्षा पत्रकार संघ र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भर्त्सना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण