ईसेवाले ल्यायो आफ्नो मर्चेन्टहरुलाई आकर्षक अफर
काठमाडौँ । के तपाईं ईसेवामा भर्खरै मात्र ईसेवा क्यूआर मर्चेन्ट भएर जोडिनुभएको हो? यदि हो भने, ईसेवाले तपाईंको लागि आकर्षक उपहारहरू जित्ने एउटा अफर लिएर आएको छ।
यस अफर मार्फत ईसेवा क्यूआर मर्चेन्टहरूले रु ५०० सम्मको टप-अप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्नेछन्। यो अफर ३ महिनासम्म (भाद्र १५ देखि मङ्सिर १४, २०८०) चल्ने कम्पनीले जनाएको छ।
यस अफर मार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीहरूले इसेवामार्फत प्राप्त बिजनेस क्यूआर मार्फत भुक्तानी लिएको हुनुपर्नेछ। व्यवसायीहरूले इसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै रु. १०० वा सो भन्दा बढिको ३ वा बढि कारोबार क्यूआर मार्फत प्राप्त गर्दा रु. १० देखि रु. ५०० सम्मको टप-अप प्राप्त गर्न सक्नेछन्। साथमा, हरेक हप्ता ५ जना भाग्यशाली मर्चेन्टले रु. १५०० बराबरको एक महिनाको इन्टरनेट प्याकेज पनि जित्न सक्नेछन्।
ईसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छाअनुसार इसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन्। साथमा, ईसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा चानचुनको झन्झट बिना सजिलै कारोबार गर्न सक्नेछन्।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७* लाख ग्राहकले सेवा लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण