‘स्ट्याण्ड अप कमेडी शो नेपाल टुर’मा जोडिए भारतीय कमेडियन आकाश
काठमाडौँ । नेपाली कमेडियन अपूर्व क्षितिज र आयुष श्रेष्ठको ‘स्ट्याण्ड अप कमेडी शो नेपाल टुर’ मा भारतीय कमेडियन आकाश मेहताको समेत सहभागिता रहने भएको छ । आयोजक तक्षक इन्टरटेन्टमेन्टले राजधानीमा एक कार्यक्रम गर्दै कार्यक्रम र कलाकार सार्वजनिक गरेको हो ।
‘स्ट्याण्ड अप कमेडी शो नेपाल टुर’ चितवन, पोखरा र काठमाडौँमा आयोजना हुने टुरमा आफू जोडिन पाउँदा खुसी लागेको मेहताले बताए । ‘नेपालका कमेडियनहरुसँग कार्यक्रम गर्नु मेरो लागि एउटा खुसीको कुरो हो । अवसरका लागि आयोजकलाई धन्यवाद’ मेहताले भने ।
कार्यक्रमको उद्देश्य कमेडीमार्फत दर्शकलाई मनोरञ्जन दिनुको अलवा विभिन्न पर्यटकीय स्थानहरूको प्रचारप्रसार गर्नु रहेको आयोजक कमिटीका सदस्य सुमन भट्टराईले बताए । देवर्सको प्रस्तुति ‘लाफ एण्ड क्ल्याप’ को सहभागितामा हुने कार्यक्रम चितवनमा २५ सेप्टेम्बर, पोखरामा २८ सेप्टेम्बर र काठमाडौँमा ३० सेप्टेम्बरमा आयोजना हुनेछ । कार्यक्रमको डकुमेन्ट्री भिडियो बनाएर विभिन्न स्थानहरूको प्रचार गरिने डकुमेन्ट्रीका निर्देशक सौगातमान सिंह बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण