नागोर्नो-काराबाखको तेल भण्डारमा विष्फोट, २० जनाको मृत्यु, २ सयभन्दा बढी घाइते
अजरबैजान । अजरबैजानको नागोर्नो-काराबाखमा रहेको एउटा तेल भण्डारमा विष्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । अर्मेनियाका स्थानीय अधिकारीहरूले यस विस्फोटमा सयौं व्यक्ति घाइते भएको बताएका छन् । झण्डै ३०० जनालाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये दर्जनौँको अवस्था अझै चिन्ताजनक रहेको छ ।
यस घटनाको केही समयअघि आर्मेनियाली सरकारले नागोर्नो-काराबाखबाट १३ हजार ३५० शरणार्थी आफ्नो देशमा प्रवेश गरेको बताएको थियो। बहुसंख्यक आर्मेनियाली मूलका करिब १२०,००० मानिसहरू विवादित क्षेत्र नागोर्नो काराबाखमा बस्छन्।
सोमबार साँझ स्टेपानाकर्ट सहरमा भएको विष्फोटको वास्तविक कारण के थियो भन्ने अझै खुल्न सकेको छैन । ‘इन्धन डिपोमा भएको विस्फोटमा घाइते हुनेको संख्या २०० भन्दा बढी छ,‘ मानव अधिकार ओम्बड्सम्यान गेगाम स्टेप्यानले सोशल मिडिया प्लेटफर्म एक्समा लेखे।
मंगलबार स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित व्यक्तिको शव फेला परेको र अन्य सात जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन् ।
गत हप्ता अजरबैजानले नागोर्नो-काराबाखलाई कब्जा गरेपछि येरेभानमा आर्मेनियाली सरकारले युद्धका कारण घरबारविहीन भएका मानिसहरूलाई बसोबास गर्ने योजना बनाएको थियो। त्यसपछि हजारौँ मानिसले उक्त क्षेत्र छोडेका छन् । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले नागोर्नो काराबाखमा ‘जातीय नरसंहार’ भइरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण