सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

मङ्गलबार, ०९ असोज २०८०, १८ : ५६
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्र बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुछ्रे निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

समारोहमा ॐ हस्पिटलका तर्फवाट ॐ अस्पतालका शेयरधनी हरि प्रसाद पाठक, मेडिकल डाइरेक्टर डा.हरिश जोशी, मानव संसाधन विभाग प्रमुख लवराज अवस्थी तथा विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो । माछापुछ्रे बैंकका तर्फवाट चिफ विनजनस अफिसर विनित चन्द्र झा, चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदी , बाग्मती प्रोभिन्स म्यानेजर नरेश प्रधान र चावहिल शाखा प्रवन्धक निरज सिग्देलको उपस्थिति थियो ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारीहरु तथा योनो नेपाल एसविआई मोवाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप