सहज जीतसँगै युनाइटेड काराबाओ कपको चौथो चरणमा
बुधबार, १० असोज २०८०, ०७ : ५३
ओल्ड ट्राफोड । साबिक विजेता म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेसलाई हराउँदै काराबाओ कपको चौथो चरणमा पुगेको छ । मंगलबार राति भएको खेलमा युनाइटेड ३–० गोलले विजयी बनेको हो ।
अलेहान्द्रो ग्रानाचोले खेलको २१ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ६ मिनेटपछि मेसन माउन्टको पासमा कासेमिरोले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा नै कासेमिरोले एन्टोनी मार्सियाललाई गोलको अवसर सिर्जना गरे ।
यता युनाइटेडका गोलकिपर आन्द्रे ओनानाले प्यालेसका स्ट्राइकर जिन फिलिपे माटेटाको दुईवटा प्रहारलाई विफल बनाएका थिए । पछिल्लो समय संघर्षरत रहेको युनाइटेडका म्यानेजर इरिक टेन ह्यागलाई यो जीतले केही राहत प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण