मानवसेवा आश्रमका लागि बेलायतबाट एक करोेड दुई लाख सहयोग

काठमाडौँ । मानवता प्रवर्द्धनको लक्ष्य राख्दै मानवसेवा आश्रमले सेप्टेम्बर ६ देखि शुभारम्भ गरेको बेलायत यात्राका क्रममा उल्लेखनीय सहयोग प्राप्त भएको छ ।
यात्राको क्रममा मातृत्व र मातृभूमिको सम्मानमा बेलायतको ५ स्थानमा आमा सेमिनार प्रस्तुत भएको छ । बेलायतबासी नेपाली मनहरुमा माता पिता, मातृभूमि, शिक्षा दिने गुरुजनको गरिमा र महत्व बोध गराउन सेमिनार सफल भएको आश्रमले जनाएको छ ।
मानवसेवा आश्रम यूके च्यापटर संयोजक सुनिल बाबु खड्काले बेलायतबाट आश्रमका लागि १ करोड २ लाख रुपैयाँ सहयोग जुटेको बताए ।
चितवन स्थायी घर भई क्रोनवाल यूके निवासी हेमकान्त सेढाईं र सीता शर्माले एक थान एम्बुलेन्स सहयोगको घोषणा गरेका छन् ।
जसमध्ये मानवसेवा आश्रमको नेपालको विभिन्न स्थानमा निर्माण भइरहेको भवनकोे एक कोठा निर्माण सहयोगका लागि ९ जना उदारमनाहरुले रु. ५,११,१११ का दरलेसहयोग गरेका छन् । यसरी ५,११,१११ सहयोग गर्नेहरुमा राजु आचार्य, उत्सव विष्ट र खिमलाल खरेल, चन्द्र अर्याल र राधा अर्याल, दीपक ढकाल, अमृत सेढाईं, खिम खत्री, विक्रम भट्टराई र पवित्रा भट्टराई, सुरेश केसी र दयानिधि सापकोटा रहेका छन् ।
यस्तै १४ जनाले रु १,११,१११ रुपैया योगदान गरी मानवसेवा आश्रमको आजीवन बार्षिक भोजनसेवा सदस्यता ग्रहण गरेका छन् । यसरी १ लाख ११ हजार १ सय ११ योगदान गर्नेहरुमा समाजसेवी बच्चु कैलाश कैनी, उत्सव विष्ट र खिमलाल खरेल, रामकृष्ण अर्यालय, लभ गौतम, प्रकाश कंडेल, प्रकाश श्रेष्ठ, सूर्य हमाल, लाल शिवयोगी, अप्सरा श्रेष्ठ, क्याट यूके रविन्द्र शर्मा, प्रकाश चन्द्र भण्डारी र कोपिला खड्का भण्डारी, गोकुल खरेल लगायत छन् ।
यस्तै तुलसी फूयाल,सागर भट्टराई, उत्वस विष्ट र खिमलाल खरेलले मानवसेवा आश्रमको संरक्षणमा रहेका एक बालबालिकाको पालनपोषण र शिक्षा दिक्षाको लागि मासिक ८ हजार रुपैया र राजु आचार्यले दुई आमाबुबाको पालनपोषणको लागि मासिक प्रतिव्यक्ति ५ हजार रुपैया योगदान गर्नेगरी बेसहाराको अभिभावकत्व ग्रहण गरेका छन् ।
मानवसेवा आश्रम सहयोगार्थ मासिक १० पाउण्ड योगदान अभियान अन्र्तगत ४० जनाले सदस्यता लिएका छन् । यो संख्या ३६५ जना पु¥याई कम्तिमा नेपालमा सञ्चालनमा रहेका एक सेवा केन्द्रको मासिक खर्च बेलायतबासी उदारमनाहरुबाट जुटाउने आश्रमका अभिभावक अमृत सेढाईंले बताए ।
सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्पलाई पूरा गर्न मानवसेवा आश्रम यूके च्यापटर गठन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै