राजनीति
एमाले बागमती अधिवेशन : उम्मेदवारको मनोनयन जारी
बुधबार, १० असोज २०८०, १६ : २७
काठमाडौँ । नेकपा एमालेको जारी प्रथम बागमती प्रदेश अधिवेशनमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम सुरु भएको छ । अधिवेशनको तेस्रो दिन नयाँ नेतृत्व छनोटका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु भएको हो ।
निर्वाचन कार्यक्रमअनुसार बुधबार साँझ ६ बजेसम्म मनोनयन सकेर साँझ सात बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । उम्मेदवारहरुको अन्तिम नामावली बुधबार राति ८ बजे प्रकाशन गर्ने र मतदान बिहीबार गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।
एमाले बागमती प्रदेश अधिवेशनमा १३ जिल्लाका ११ सय ७९ जना मतदाता छनोट भएका छन् । उनीहरुले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २४० सदस्यीय नयाँ प्रदेश कमिटी चयन गर्नेछन् ।
एमालेले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्न ४० वटा विद्युतीय मेसिन मतदानका लागि प्रयोग गर्ने तयारी गरेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण