स्पेन : प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा फेइजुलाई आवश्यक बहुमत पुगेन
म्याड्रिड । स्पेनको नयाँ प्रधानमन्त्री बन्नका लागि भएको संसदीय मतदानमा अल्बर्टो नुनेज–फेइजुको दाबी बुधबार संसदले अस्वीकृत गरेको छ ।
जुलाईमा भएको अनिर्णायक चुनावमा सबैभन्दा बढी मत प्राप्त गरे पनि फेइजुले बुधबार आफ्नो दक्षिणपन्थी पपुलर पार्टी (पीपी), अति दक्षिणपन्थी भोक्स र अन्य दुई साना गुटका १७२ सांसदको मात्र समर्थन बटुल्न सके ।
प्रधानमन्त्रीका रूपमा पुनः निर्वाचित हुन उनलाई ३५० सदस्यीय संसद्मा १७६ मतको बहुमत आवश्यक छ ।
भोक्ससँगको गठबन्धनका कारण उनी आवश्यक समर्थन प्राप्त गर्न असमर्थ थिए, जसको चरम स्थितिले पीपीलाई लगभग पूर्ण रूपमा अलग गरेको छ ।
फेइजुले शुक्रबार दोस्रो मतदानको पनि सामना गर्नुपर्नेछ । दोस्रो मतदानमा विपक्षमा भन्दा पक्षमा बढी मत आवश्यक पर्छ । तर त्यहाँ पनि, उहाँसँग पर्याप्त समर्थन मिल्ने कुनै सम्भावना छैन ।
कामचलाउ अवस्थामा रहेका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेज बास्क र क्याटलान क्षेत्रीय पार्टीहरूको समर्थनमा आफू पुनः सत्तामा फर्कनेमा विश्वस्त छन् ।
अर्को हप्ता राजा फिलीप छैटौंले सान्चेजलाई सरकार गठनका लागि जिम्मेवारी दिने अपेक्षा गरिएको छ । यद्यपि प्रधानमन्त्रीको नयाँ निर्वाचनका लागि मिति तय हुन बाँकी छ । यदि उनी पनि असफल भए स्पेनमा सम्भवतः जनवरीमा पुनः निर्वाचन हुनेछ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण