शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्पेन : प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा फेइजुलाई आवश्यक बहुमत पुगेन

बुधबार, १० असोज २०८०, १९ : ४८
बुधबार, १० असोज २०८०

म्याड्रिड । स्पेनको नयाँ प्रधानमन्त्री बन्नका लागि भएको संसदीय मतदानमा अल्बर्टो नुनेज–फेइजुको दाबी बुधबार संसदले अस्वीकृत गरेको छ । 

जुलाईमा भएको अनिर्णायक चुनावमा सबैभन्दा बढी मत प्राप्त गरे पनि फेइजुले बुधबार आफ्नो दक्षिणपन्थी पपुलर पार्टी (पीपी), अति दक्षिणपन्थी भोक्स र अन्य दुई साना गुटका १७२ सांसदको मात्र समर्थन बटुल्न सके । 

प्रधानमन्त्रीका रूपमा पुनः निर्वाचित हुन उनलाई ३५० सदस्यीय संसद्मा १७६ मतको बहुमत आवश्यक छ ।

भोक्ससँगको गठबन्धनका कारण उनी आवश्यक समर्थन प्राप्त गर्न असमर्थ थिए, जसको चरम स्थितिले पीपीलाई लगभग पूर्ण रूपमा अलग गरेको छ । 

फेइजुले शुक्रबार दोस्रो मतदानको पनि सामना गर्नुपर्नेछ । दोस्रो मतदानमा विपक्षमा भन्दा पक्षमा बढी मत आवश्यक पर्छ । तर त्यहाँ पनि, उहाँसँग पर्याप्त समर्थन मिल्ने कुनै सम्भावना छैन ।

कामचलाउ अवस्थामा रहेका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेज बास्क र क्याटलान क्षेत्रीय पार्टीहरूको समर्थनमा आफू पुनः सत्तामा फर्कनेमा विश्वस्त छन् । 

अर्को हप्ता राजा फिलीप छैटौंले सान्चेजलाई सरकार गठनका लागि जिम्मेवारी दिने अपेक्षा गरिएको छ । यद्यपि प्रधानमन्त्रीको नयाँ निर्वाचनका लागि मिति तय हुन बाँकी छ । यदि उनी पनि असफल भए स्पेनमा सम्भवतः जनवरीमा पुनः निर्वाचन हुनेछ ।-(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप