राईले जिते एक लाख रुपैयाँ नगद

काठमाडौँ । हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजना अन्तर्गत ७१९०६२१७२८७ कास आइडीका ग्राहक भुपाजित राईले नगद एक लाख रुपैयाँ जितेका छन् । सोमबार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद रु एक लाख जितेका हुन् ।
नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।
त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।
सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना बैंकको औचित्य समाप्त पारियो
-
जापानको चन्द्र अभियानमा ठुलो धक्का, चन्द्रमामा दुर्घटनाग्रस्त भयो निजी ल्यान्डर
-
‘एउटै पालिकाले ३ हजारदेखि ५ हजारसम्म आयोजना इन्ट्री गरे’
-
नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक चालु अधिवेशनमै संसदमा लैजान्छौँ: सभापति खतिवडा
-
नेता र सांसदको गोजीबाट निस्कने ‘चिर्कटो’ अब योजना बैंकतिर
-
रोहित शर्मा भन्छन्, ‘टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि नराम्ररी बुवाको गाली खाएँ’