विश्वकप क्रिकेटका लागि टोली घोषणा गर्ने आज अन्तिम दिन
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सुरु हुन अब सात दिनमात्र बाँकी छ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका लागि सहभागी १० वटै राष्ट्रले आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।
केही राष्ट्रले घाइते खेलाडीलाई पनि टोलीमा समावेश गरेका छन् । केही राष्ट्रले भने वैकल्पिक खेलाडीको सूचि पनि सार्वजनिक गरेका छन् । तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम मिति बिहीबार साँझसम्मलाई तोकेको छ ।
त्यसैले सहभागी राष्ट्रहरुले बिहीबार साँझसम्म आफ्नो टोलीको अन्तिम नामावाली आईसीसी समक्ष बुझाउनु पर्नेछ । सहभागी राष्ट्रहरुले यसअघि घोषणा गरेको आफ्नो टोलीमा पनि बिहीबारसम्म फेरबदल गर्न पाउने छन् ।
बिहीबारपछि भने कुनै पनि राष्ट्रले आफ्नो इच्छा अनुसार टोलीमा परिवर्तन गर्न पाउने छैनन् । विभिन्न कारणले टोलीमा थपघट गर्नै पर्ने भए पनि उचित कारण देखाउँदै आईसीसीको अनुमति लिनुपर्ने हुन्छ । आगामी विश्वकपका लागि आयोजक भारतले केही साताअघि नै १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
तर, भारतले पनि आईसीसीले दिएको अन्तिम समयभित्र आफ्नो टोलीमा सामान्य थपघट गर्ने सम्भावना रहेको समाचारमा जनाइएको छ । यसअघि घोषणा गरिएको भारतीय टोलीमा अक्सर पटेललाई पनि समावेश गरिएको छ ।
तर, हाल उनी घाइते अवस्थामा रहेकाले उनको स्थानमा अर्को खेलाडीलाई समावेश गरिने सम्भावना छ । उनको स्थानमा रविचन्द्रन आश्विनलाई समावेश गर्ने सम्भावना रहेको समाचारमा जनाइएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भने यस विषयमा केही बताएको छैन । यसका अतिरिक्त अन्य केही राष्ट्रले पनि आफ्नो टोलीमा सामान्य परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण