बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमण : उपप्रधानमन्त्री खड्का

बिहीबार, ११ असोज २०८०, ११ : ५७
बिहीबार, ११ असोज २०८०

सुर्खेत । नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण सम्झौताहरु भएको बताएका छन् ।  आज पूर्वी सुर्खेतको बोटेचौरमा भेरी कोरिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै खड्काले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री खड्काले नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउने तयारी गरिहेको बताए ।  ‘विशेष गरी नागरिकहरुको दैनिक जीवनमा जोडिएका कुराहरुमा सहजता निर्माण, नागरिकको पहुँच सरकार, विकासमा कसरी पुग्छ, सुशासनका सवालमा सरकार अग्रसर भइरहेको छ,ु खड्काले भने, ‘नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउँदै छ।’

साथै खड्काले कर्णाली निर्माण र समृद्धिका लागि राष्ट्रिय नेताहरुको समेत ध्यान केन्द्रित गराइएको बताए । एकताको भावबाट देश विकास र समृद्धि‌ सम्भव रहेको उनले बताए । उनले रुस र युक्रेनबीचको युद्धका कारण अर्थतन्त्रमा असर परेको बताए ।

त्यसका बाबजुद पनि सरकार देशको विकास र समृद्धिका लागि अग्रसर भइरहेको उनले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप