इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
सारांश
- फिफा विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा अन्तिम क्षणको गोलले क्रोएसिया पोर्चुगलसँग २-१ ले पराजित भई बाहिरिएको छ।
- खेल बराबरीमा सकिने अवस्थामा भीएआरले क्रोएसियाको गोल खारेज गर्दा खेलाडी तथा प्रशंसक निराश भएका थिए।
- यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान पक्का गरेको छ जहाँ उसले स्पेनसँग खेल्नेछ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा अन्तिम क्षणको गोलले क्रोएसियाको विश्वकप यात्रा टुंगिएको छ। इन्जुरी समयमा गोल खाँदा क्रोएसियाले पोर्चुगलसँग २–१ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिनुपरेको हो।
अन्तिम क्षणमा गोल गर्दै क्रोएसियाले बराबरी बनाए पनि भीएआर निर्णयले उक्त गोल खारेज गरेको थियो । यसले क्रोएसियाका खेलाडी तथा प्रशंसकलाई थप निराश बनायो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। तर ६८औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल फर्काए।

खेल अतिरिक्त समयमा धकेलिने अनुमान गरिएका बेला इन्जुरी समयको चौथो मिनेटमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक जित दिलाए।

अनुभवी कप्तान लुका मोड्रिचले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। खेलपछि क्रोएसियाका खेलाडीहरू निराश देखिएका थिए भने मोड्रिचको विश्वकप यात्रा पनि सम्भावित रूपमा यही खेलसँगै समाप्त भएको छ।

यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण