सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

‘भिडियो गेम’स्टाइलमा निर्मित चलचित्र बासेन्जी असोज २६ बाट प्रदर्शन हुँदै

बिहीबार, ११ असोज २०८०, १२ : ११
बिहीबार, ११ असोज २०८०

काठमाडौं । नेपाली चलचित्र वृत्तमा पहिलो पटक भिडियो गेममा देखिने प्रस्तुतिकरण हेर्न पाइने भएको छ । यही असोज २६ गते प्रदर्शन हुन लागेको चलचित्र “बासेन्जी  ‘भिडियो गेम’स्टाइलमा निर्मित चलचित्र हो । 

अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको “बासेन्जी” हरर जनरामा निर्माण गरिएको चलचित्र हो । यस अघि “म्याङ्गो पिक्कल” (आँपको अचार) नेपाली कथानक चलचित्र निर्देशन गरेका इयक स्कट क्लेमेन्टले यो भलभित्र निर्देशन गरेका छन् । 

'आँपको अचार' चलचित्र आफ्ना मित्रहरूसँगको सहकार्यमा निर्माण गरिएको चलचित्र पश्चात् गौरीशङ्कर इन्टरटेनमेन्टसँग आबद्ध सुरज मैनाली र गौरव बस्नेतसँग मिलेर क्लेमेन्टले 'बासेन्जी' चलचित्रको लेखन कार्य गरेका हुन् । यो चलचित्रमा प्रवेशको भूमिकामा कलाकार असिम निरौला आबद्ध छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । वरिष्ठ कलाकार मिथिला शर्मा र सरिता गिरीको पनि यो चलचित्रमा प्रमुख भूमिका रहेको छ ।

'बासेन्जी' यही २०८० असोज २६ गतेका दिन नेपालभरि नै प्रदर्शन हुँदै छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप