सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीलाई धम्की दिने चिकित्सक पक्राउ

बिहीबार, ११ असोज २०८०, १२ : १९
बिहीबार, ११ असोज २०८०

जनकपुरधाम । जनकपुरधाममा सामाजिक सद्भाव भड्काउने खालको स्टाट्स लेख्ने चिकित्सलाई प्रहरीले पक्राउ गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई टार्गेट गरी सामाजिक सञ्जालमा स्टाट्स लेख्ने चिकित्सलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

धनुषा प्रहरीले आयूर्वेद चिकित्सक अरुण झालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । झाले फेसबुकमा मलंगवामा भएको घटनाका दोषीलाई तत्काल कारबाही नगरे मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने धम्की दिएका थिए । उनले फेसबुकमा लेखेका थिए– ‘मलंगवामा भएको घटनाका दोषीलाई कारबाही/गोली हान्नुस् मुख्यमन्त्री सरोज यादव ज्यू, नत्र हामी छिट्टै तपाईलाई कालोमोसो दल्छौँ ।”

विद्युतीय कारोबार ऐनमा भएको व्यवस्था आकर्षित भएकोले झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए । झालाई मौखिक उजुरीको आधारमा पक्राउ गरिएको बताइएको छ । बुधबार साँझ पक्राउ परेका झालाई आज रिहा गरिएको छ । चिकित्सक माफी मागेर स्टाटस डिलिट गरेपछि उनलाई छोडिएको डिएसपी अवाले बताए ।  

मुख्यमन्त्रीको बारेमा स्टाटस् लेखेकै भरमा उनलाई पक्राउ गर्नु लोकतन्त्रको हनन् भएको टिकाटिप्पणी गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले यसअघि सामाजिक सञ्जालमा सामाजिक सदभाव विगार्ने खालको अभिव्यक्ति दिनेलाई विद्युतीय ऐनमा व्यवस्था भए बमोजिम कार्यवाही गर्ने निर्णय नै गरेको थियो । प्रहरीले यसअघि पनि एकजनालाई पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप