डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा पुष्टि भएका छन् । सुनसरीमा १५ हजार ९९९ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
धादिङ जिल्लामा ३ हजार ३६ सङ्क्रमित भएका छन् भने झापामा २ दुई हजार ७६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, मोरङमा २ हजार २६६ तनहुँमा ५७९ कास्कीमा ९०७, सङखुवासभा ४४७, धनकुटामा ४३२ र कैलालीमा ३९४ जनामा संक्रमण पुष्टि भएको छ ।
कुन प्रदेशमा कति सङ्क्रमित ?
सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २२ हजार ५४० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ४६० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा १ हजार ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८९८, मधेस प्रदेशमा ५६७, लुम्बिनी प्रदेशमा ५०६ र कर्णाली प्रदेशमा ८७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण