बिलमा उल्लेख भएभन्दा बढी सामान बोकेका चार वटा ट्रक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाराले बिलमा उल्लेख भएभन्दा बढी सामान बोकेका चार वटा ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार चार वटा ट्रकसहित जम्मा एक करोड ३१ लाख ९५ हजार २५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो ।
असोज ११ गते राति १२ः१५ बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित राजमार्गमा खटिएको प्रहरी टोलीले बीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ७१ नम्बरको ट्रकसहित ३५ लाख २७ हजार ४७४ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो ।
यस्तै, बीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख ११२५ नम्बरको ट्रकसहित ३६ लाख ६२ हजार ९७२ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ ।
यसैगरी ११ गते नै अमलेखगञ्जमा गरिएको चेकजाँचमा बीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ना४ख ९०९१ नम्बरको ट्रकसहित २४ लाख ९९ हजार ५७९ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक न्यौपानेले जनाएका छन् ।
यस्तै, बीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ना६ख ३०२४ नम्बरको ट्रकसहित ३४ लाख ९५ हजार बराबरको खुद्रा सामान नियन्त्रणमा लिइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण