एमाले कर्णाली अधिवेशन : बल्ल सुरु भयो बन्द सत्र

सुर्खेत । बिहान ११ बजेबाट सुरु हुने भनिएको नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको बन्द सत्र बल्ल सुरु भएको छ। नेतृत्व चयनको लागि सहमतिको प्रयास गर्दा बन्दसत्र सुरु हुन ढिलाई भएको हो ।
सहमतिको प्रयास विफल भएपछि महासचिव शंकर पोखरेल काठमाडौँ फर्किएका छन्। एमालेका एक नेताका अनुसार पोखरेलले अझै पनि सहमतिकै प्रयासमा नेतृत्व चुन्न निर्देशनसहित काठमाडौँ फर्किएका छन्।
यद्यपि कर्णालीमा सहमतिअनुसार अध्यक्ष चुनिने सम्भावना कम रहेको नेताहरु बताउँछन्।
यहाँ यामलाल कँडेलको गुटबाट गुलावजंग शाह अध्यक्षका आकांक्षी छन् भने गोरख बोगटी-विनोदकुमार शाह गुटबाट मीनबहादुर शाहीको नाम चर्चामा छ।
यस्तै पूर्वसभामुख राजबहादुर शाही पनि अध्यक्षका दाबेदार हुन् । यद्यपि अहिलेसम्म कुनै पनि नेताले उम्मेदवारी घोषणा गरेका छैनन् ।
बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिका आधारमा अधिवेशन गर्न र प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोटनह्यामविरुद्धको खेलमा खेलाडीलाई नियन्त्रण गर्न नसकेको भन्दै सिटीमाथि कारबाही
-
कीर्तिमानी रकममा प्रिमियर लिगको घरेलु टेलिभिजन अधिकार बिक्री
-
‘पानी ट्याङ्की’ युवा समूहको देउसी–भैलोको रकम जाजरकोटका भूकम्पपीडितलाई
-
देशको शान्ति भाँड्न न्यायाधीश नै लागे : विप्लव
-
जलवायु परिवर्तनको प्रभावबारे वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपालः राष्ट्रपति
-
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, ११ लाख भन्दा बढीको हात खाली