बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयता कार्यान्वयनमा समस्या छ : कार्यवाहक प्रधानमन्त्री खड्का

शुक्रबार, १२ असोज २०८०, १६ : १४
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने बताएका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको बताए  । 

कार्यवाहक प्रधानमन्त्री खड्काले  संघीयता कार्यान्वयन नभईकन जस्तोसुकै ऐन र नियम बनाएपनि धेरै परिणाम नदिने उल्लेख गरे । उनले संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वयनको श्रोतको व्यवस्थापन, जिम्मेवारी लगायतमा ध्यान दिन जरुरी रहेको बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले सङ्घीय कानुन निमार्णलाई उच्च प्राथमिकतामा राखेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप