सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो एमजी शोरुम

शुक्रबार, १२ असोज २०८०, १७ : ४४
शुक्रबार, १२ असोज २०८०

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुमको उद्घाटन गरेको छ । यो विस्तारले एमजीको ओनरसिप एक्सपेरिएन्स बृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको कम्पनीको भनाइ छ । 

नयाँ शोरुम भक्तपुरको गठ्ठाघर खोल्दै एमजीले नेपालभर फैलिएका १३ वटा आउटलेटहरूको सञ्जालमा एउटा आयाम थप्दै सम्मानित ग्राहकहरूलाई सेवा अझ बढाएको कम्पनीले जनाएको छ । 
नयाँ शोरुमको उद्घाटनको बारेमा बोल्दै प्यारामाउन्ट मोटर्सका जिएम सचिन अर्यालले भने,  “दोस्रो एमजी शोरुमको उद्घाटनले अतुलनीय सेवा र उल्लेखनीय स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रष्ट पारेको छ । ग्राहकहरूले नवीनतम एमजी मोडेलहरू एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराउन पाउँदा हामी धेरै नै उत्साहित छौँ ।”

हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनहरूको संख्या ५० सम्म पुर्‍याउने लक्ष्य राखेको छ । आफ्ना सेवाग्राहीहरुको सहज यात्राको लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ । यी स्थानहरुमा आधा घण्टामै ८०% सम्म चार्ज गर्न सकिन्छ भने एमजीको नयाँँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसि चार्जिङ स्टेसनहरु स्थापना गरिने जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरु रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप