कोशी प्रदेशसभाको अधिवेशन आह्वान
विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन १७ गतेका लागि आह्वान भएको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुखको कार्यालयले असोज १७ गते बुधबार दिउँसो १ बजेको लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेको हो ।
‘कोशी प्रदेश मन्त्रीपरिषदको मिति २०८०/०६/११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम संवत् २०८० साल असोज १७ गत बुधबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको चौथो अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि कोशी प्रदेशसभाको तेस्रो अधिवेशन तत्कालिन मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिएपछि भदौ ६ बुधबार अन्त्य भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण