एमाले नेताहरूको आरोप : पहिचानको नाममा एमालेमाथि आक्रमण
विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा पहिचानको नाममा एमालेमाथि आक्रमण भइरहेको बताएका छन् ।
एमालेको कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनीहरुले समस्याको समाधानमा एमालेले नै पहल र प्रयत्न गर्नुपर्नेमा जोड दिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘आज पहिचानको नाममा जुन ढंगको गतिविधि भइरहेको छ । त्यो भनेको जनताका प्रतिनिधिले निर्माण गरेको संविधान च्यातचुत पार्ने, संविधानलाई अस्वीकार गरेर मुलुकमा अराजकता सिर्जना गर्ने अभ्यास हो कि भन्ने शंका उत्पन्न भएको छ । एमालेलाई व्यवस्थित बनाइरहँदा यी चिजलाई चिन्न सक्नुपर्छ ।’
उता, महासचिव पोखरेलले एमाले सरकारमा हुँदा पहिचानको आन्दोलन हुने र नहुँदा नहुने कुरा एमाले माथिको प्रहार भएको पुष्टि हुने बताए ।
महासचिव पोखरेलले एमालेले पहिचानलाई अतिवादका रुपमा नभई एकताको रुप लिएर अघि बढ्न चाहेको बताए । उनले भने, ‘जातीयता र धार्मिकको नाममा अतिवादमा लाने कुरा भइरहेको छ । यसको एमालेले विरोध गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण