गौहत्याको विरोधमा जनकपुरमा प्रर्दशन
धनुषा । गौहत्याको बिरोधमा जनकपुरमा पनि प्रर्दशन गरिएको छ । देशका विभिन्नमा भागमा गौहत्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै साधुसन्तहरुले शुक्रवार जनकपुरमा ¥यालीसहितको विरोध प्रर्दशन गरेका हुन् ।
गौहत्या जस्तो अराजकता बन्द गर्नका लागि आफूहरुले सरकारको ध्यानाकर्षण गराउन सो बिरोध प्रर्दशन गर्नु परेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । उनले गौहत्या गर्नेमाथि सरकारले कारबाही नगरेसम्म आफूहरुको विरोध प्रर्दशन जारी रहने चेतावनी समेत दिए ।
महन्थ वैष्णवले भने, ‘८४ प्रतिशत यो हिन्दुको देशमा एउटा अराजकतास्थिति दुुईदेखि गरिराखेका छन गौहत्या । तर सरकारको यसमा ध्यानाकर्षण जुन ढंगले हुनुपर्ने थियो, त्यो भइराखेको छैन । यसैको बिरोधमा हामी जनकपुरधाममा बिरोध ¥याली निकालेका हौं । गौहत्या बन्द गर्नुपर्छ । गौ हाम्रो सनातनको देउता हो । मातातुल्य हो । यसमा सरकारले कारबाही नगरेपछि हामीले विरोध ¥याली निकालेको हो । गौ हत्या बन्द भएन, कारबाही भएन भने हामी निरन्तर आन्दोलन गर्नेछौं ।’
जानकी मन्दिरबाट निकालिएको सो ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै राम मन्दिर पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा गौहत्या बन्द गर, गौहत्या गर्नेलाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर लगायतका नाराहरु लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण