कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय
विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । कोशी प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेका लागि आह्वान भएको छ । कार्कीले असोज २० गतेसम्ममा विश्वासको मत दिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।
कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले दोस्रो पटक अध्यादेशमार्फत आएको बजेट मन्त्रालयगत रूपमा कार्यान्वयन नगर्न मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय गरेको पनि बताए । ‘एमालेबाहेकका दलसँग छलफल नै नगरी ल्याएको बजेट सदनबाट पारित नभएको अवस्थामा कार्यान्वयन नगर्न प्रदेश मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय पनि भएको छ,” उनले भने ।
प्रदेशसभाको बैठकमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण हुँदा काँग्रेसको भूमिकाको विषयमा समेत छलफल भएको थियो । भदौ ४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको सन्दर्भमा खेद प्रस्तावसमेत पारित गरेको छ ।
कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन विधेयक दर्ता गराई पारित गराउने तयारी थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण