बजार अनुगमन थप प्रभावकारी बनाउनुस् : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मूल्यवृद्धि र कालोबजारी कडाइका साथ नियन्त्रण गर्नेगरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।
बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएको जनगुनासो बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री खड्काले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी समेत लिँदै उक्त निर्देशन दिएका हुन् ।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, निमित्त मुख्य सचिव, गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, वाणिज्य विभाग, खाद्य प्रविधि गुणस्तर तथा नापतौल विभागका अधिकारीहरु सहभागी थिए ।
बैठकमा अहिलेसम्म बजार अनुगमनको समीक्षा हुनुका साथै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । बैठकमा कार्यवाहक प्रधानमन्त्री खड्काले दैनिक उपभोग्य समानको अभाव हुन नदिन, कालोबजारी तथा अस्वभाविक मूल्यवृद्धि रोक्ने गरी प्रभावकारी अनुगमन बढाउन आग्रह गरे ।
चाडपर्वका बेला उपभोक्तालाई कालोबजारी र महँगीको चपेटामा पर्ने अवस्था सृजना हुन नदिन सबै जिल्लामा भइरहेको अनुगमनलाई थप प्रभावकारी बनाएर अनुगमन गरेर नागरिकले राहतको अनुभूत गर्नेगरी काम गर्न निर्देशन दिए ।
अहिलेको बजार अनुगमन बढाउन र त्यसलाई थप प्रभावकारी बनाउन संघीय सरकार थप सहयोग गर्न तयार रहेको उनले बताए । बजार अनुगमनको काममा प्रदेश र स्थानीय सरकारलाई समेत समन्वय गराएर जान पनि उनले अधिकारीहरुलाई निर्देशन दिए ।
कार्यवाहक प्रधानमन्त्री खड्काले हरेक दिन के कति बजार अनुगमन भयो र दोषी देखिएकालाई के कारबाही भयो भनेर जनताले जानकारी पाउने गरी सूचना दिने प्रबन्ध मिलाउन पनि सम्बन्धित अधिकारीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल