सौरभ गांगुलीले पत्ता लगाए हेन्सी क्रोनिए र एलन डोनाल्डको चलाखी
शुक्रबार, १२ असोज २०८०, २० : ०१
काठमाडौँ । सन् १९९९ को आईसीसी एकदिवसीय विश्वकपका क्रममा ‘इयर फोन’ घटना निकै चर्चित बनेको थियो । त्यो विश्वकपमा भारत र दक्षिण अफ्रिका समूह ‘ए’ मा परेका थिए ।
यी दुई टोलीबीचको खेल मे १५ तारिखमा खेलिएको थियो । त्यो खेलका क्रममा दक्षिण अफ्रिकाका कप्तान हेन्सी क्रोनिए र एलन डोनाल्डले कानमा ‘इयर फोन’ लगाएर मैदान बाहिर रहेका आफ्ना प्रशिक्षकसँग निरन्तर कुराकानी गरिरहेका थिए ।
सुरुमा यसतर्फ कसैको ध्यान गएन । तर, पछि यो कुरा भारतीय टोलीका खेलाडी सौरभ गांगुलीले थाहा पाए । त्यो कुरा उनले आफ्ना कप्तान मोहम्मद अजहरउद्दिनलाई खबर गरे ।
त्यसपछि भारतीय खेलाडीहरूले अम्पयारलाई यो विषय अवगत गराएका थिए । अम्पायरले खेल रोकेर दक्षिण अफ्रिकी खेलाडी हेन्सी क्रोनिए र एलन डोनाल्डलाई ‘इयर फोन’ फाल्न लगाएका थिए । उक्त खेलमा दक्षिण अफ्रिका चार विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण