टोलीमा परे पनि दुवै पटक विश्वकपको फाइनल खेल्न नपाउने खेलाडी
काठमाडौँ । मार्भन आटापाटु आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् । श्रीलङ्का दुई पटक एकदिवसीय विश्वकपको फाइनलमा पुग्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । तर, दुर्भाग्य उनले दुवै पटक फाइनल खेल खेल्ने अवसर भने पाएनन् ।
सन् १९९६ को एकदिवसीय विश्वकपको उपाधि श्रीलङ्काले जितेको थियो । त्यतिबेला आटापाटु पनि श्रीलङ्काली टोलीमा थिए । उनले त्यो विश्वकपको प्रारम्भिक चरणको खेल खेलेका थिए । तर, अस्ट्रेलियाविरुद्धको फाइनल खेलमा भने उनी टोलीमा थिएनन् ।
त्यसपछि सन् २००७ मा पनि श्रीलङ्काली टोली एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो । त्यो विश्वकपको फाइनलमा श्रीलङ्काली टोली अस्ट्रेलियासँग पराजित भएको थियो । त्यो विश्वकपका लागि पनि आटापाटु टोलीमा परेका थिए । तर, उनले विश्वकप अवधिभर एक खेल पनि खेल्न पाएनन् ।
यसरी उनी टोलीमा परेर पनि दुवै पटक विश्वकपको फाइनल खेल खेल्न नपाउने खेलाडीको सूचीमा दरिन पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण