पहिलोपटक दुई फरक राष्ट्रमा विश्वकपको उद्घाटन समारोह
शुक्रबार, १२ असोज २०८०, २० : १५
काठमाडौँ । सन् २०१५ को आईसीसी एकदिवसीय विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना भएको थियो । ११औँ विश्वकपको उद्घाटन समारोह पनि दुई फरक राष्ट्रमा भएको थियो ।
एकदिवसीय विश्वकपको इतिहासमा पहिलो पटक दुई फरक राष्ट्रमा छुट्टाछुट्टै उद्घाटन समारोह आयोजना गरिएको थियो । उक्त विश्वकपमा पुरस्कार राशिमा पनि उल्लेख्य वृद्धि गरिएको थियो ।
यसअघि प्रदान गरिँदै आएको कुल पुरस्कार राशिमा २० प्रतिशतले वृद्धि गरिएको थियो । १४ राष्ट्रको सहभागिता रहेको त्यो विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको थियो ।
फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले पराजित गरेको थियो । त्यसयता अस्ट्रेलियाले विश्वकपको उपाधि जित्न सकेको छैन । अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकपको उपाधि चुमिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण