अध्यक्षमा अहिलेसम्म पाँच जना उम्मेदवार, पदाधिकारीमा क–कसको पर्यो उम्मेदवारी ?
सुर्खेत । कर्णाली प्रदेशमा एमालेले मतदानबाट नेतृत्व चयन गर्ने भएको छ । सोही अन्तर्गत उम्मेदवारी दर्ता भइरहेको छ ।
निर्वाचन अधिकृत मातृका खनालले रातोपाटीलाई दिएको जानकारी अनुसार अहिलेसम्म अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षमा यामलाल कँडेलको टिमबाट सल्यानका गुलावजंग शाह, गोरख बोगटीको टिमबाट कालिकोटका मिनबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रदेशसभाका पूर्व सभामुख राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ ।
सचिवमा रुद्रबहादुर शाही, डण्डी शर्मा र धुर्वबहादुर शाहीले उम्मेदवारी दिएका छन् भने उपसचिव समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ ।
यस्तै, उपसचिव खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकले उम्मेदवारी दिएका छन् ।
लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कमिटीको कार्यालयले जनाएको छ ।
उम्मेदवार मनोनयन दर्तापश्चात केही उम्मेदवारले भोट माग्न सुरु गरिसकेका छन् । केही उम्मेदवार भने कार्यक्रम स्थलमै देखिएका छैनन् ।
उम्मेदवार गुलावजंग शाहले टिम बनाएरै भोट माग्न सुरु गरिसकेका छन् । यद्यपि अध्यक्षका अन्य उम्मेदवारले भने शाहको जसरी भोट मागेको कार्यक्रम स्थलमा देखिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण