विशाल लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले पाकिस्तानलाई हरायो
हैदराबाद । पाकिस्तानले प्रस्तुत गरेको ३ सय ४६ रनको विशाल लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले अभ्यासले खेलमा ५ विकेटको शानदार जीत हासिल गरेको छ । न्युजिल्याण्डले उक्त लक्ष्य ३८ बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा पछ्यायो ।
न्युजिल्याण्डलाई जीत दिलाउन रचिन रवीन्द्रले ९७ रनको विस्फोटक पाली खेले उनले ७२ बलमा १६ चौका र एक छक्का हिर्काए । त्यस्तै, मार्क च्याप्पम्यानले पनि ६ चौका र ३ छक्का हिर्काएर नटआउट ६५ रन बनाए ।
रिटायर हुँदै मैदान छाडेका केन विलियमसन र डेयरल मिचेलले क्रमशः ५४ र ५९ रनको योगदान दिए । पाकिस्तानका लागि उसामा मिरले ३ तथा हसन अली, आघा सलमान र मोहम्मद वसिमले १–१ विकेट लिए ।
यसअघि, मोहम्मद रिजवानको शतकको मद्दतले पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ४५ रन बनाएको थियो । रिटायर हर्ट हुन अघि रिजवानले ९४ बलमा ९ चौका र दुई छक्को मद्दतले १ सय ३ रन बनाए ।
कप्तान बाबर आजमले पनि ८० रनको योगदान दिए भने साउद सकिलले ७५ रन तथा आघा सलमानले ३३ रन बनाए । न्युजिल्याण्डका लागि मिचेल सान्टरले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण