अभ्यास खेलमा बंगलादेशसँग हार्यो श्रीलंका
शनिबार, १३ असोज २०८०, ०६ : ५९
गुवाहाटी । आईसीसी विश्वकप क्रिकेटको अभ्यास खेलम बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय ६४ रनको लक्ष्य बंगलादेशले ४२ औँ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्याएको हो ।
बंगलादेशलाई जीत दिलाउन तानजिद हसनले ८४ रनको शानदारी पाली खेले । उनले यस क्रममा १० चौका र २ छक्का हिर्काए । कप्तान मेहदी हसनले ६७ रन बनाए भने लिट्टन दासले ६१ रनको पाली खेले ।
यसअघि ओपनर पाथुम निशांकाको ६८ रनको मद्दतले श्रीलंकाले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । धनञ्जय डी सिल्भाले ५५ रन तथा कुशल परेराले ३४ रन बनाए । बंगलादेशका लागि हसनले ३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण