कांग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ : राणा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले कांग्रेसले आफ्नो कार्यशैली र कार्यनीति सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय पुराना राजनीतिक दलहरूप्रति युवाहरूमा मोह घटेको उल्लेख गर्दै युवालाई केन्द्रमा राखेर कांग्रेसले आफ्नो नीति तथा कार्यक्रम बनाउनुपर्ने बताएका हुन् ।
शनिबार सिन्धुली कांग्रेसको दुधौली नगरपालिकाको नगर सम्मेलनको उद्घाटन कार्यक्रममा उनले भने, ‘कांग्रेसको आफ्नो कार्यशैली र सोच बदल्ने बेला आएको छ । युवाहरूलाई पार्टी संगठनमा जोड्ने र उनीहरूमा आशा जगाउने कार्यक्रमहरू ल्याउनुपर्छ ।’
उनले पछिल्लो समय कांग्रेस सकियो भनेर अफवाह फैलाउन खोजिएको बताए । नयाँ राजनीतिक दलहरूको उदयले परम्परागत दलहरूको भविष्यलाई लिएर टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उनले कांग्रेसभित्र निराशा देखिए पनि आत्तिने अवस्था नरहेको प्रस्ट पारे । ‘२०६४ सालको चुनावपछि पनि काङ्ग्रेस सकियो भन्थे, तर हामी २०७० मा हामी फर्कियौ । अहिले फेरि त्यही भाष्य निर्माण गर्न खोजिँदैछ। तर आत्तिनुपर्ने बेला छैन । हामी संयमित भएर आफ्नो कार्यशैली सच्याएर अगाडि बढ्यौ भने अर्को चुनाव बहुमत ल्याउन सक्छौँ । हामी निराश होइन, सङ्गठित भएर गाउँ गाउँमा क्रियाशील हुनुपर्छ ।’
पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता राणाले लोकप्रिय कुरा गरेर चर्चामा आउने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गरेर कांग्रेस सरकार सञ्चालनको स्पष्ट दृष्टिकोण अगाडि आउने सके आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने दाबी गरे ।
‘यो भएन, त्यो भएन भनेर मात्रै हुँदैन । अब हामी विकल्प दिएर अगाडि बढ्ने हो। काङ्ग्रेस एक्लै चुनावमा जाने सामर्थ्य राख्छ । त्यसका लागि हामी सुध्रिन र सच्चिन जरुरी छ,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि पार्टीले एकल बहुमत ल्याउँदैन । त्यसैले यसमा पुनर्विचार गर्नुपर्छ। समानुपातिक व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण