आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सीके राउत अघिअघि, उपेन्द्र यादव पछिपछि

शनिबार, १३ असोज २०८०, १७ : १०
शनिबार, १३ असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत राजनीतिमा मात्र अघिपछि गरिरहेका छैनन्, विदेश भ्रमणमा पनि अघिपछि गरिरहेका छन् । 

केही समयअघि जनमत पार्टीका अध्यक्ष सीके राउत भारत गएर फर्के लगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादव पनि लामो भारत भ्रमणमा गएका थिए । अहिले फेरि जनमतका अध्यक्ष राउत अमेरिका भ्रमण गरेर फर्केिँदै गर्दा जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा निस्किएका हुन् । 

जनमत पार्टीका अध्यक्ष राउत गत भदौ ८ गते भारतबाट फर्केका थिए । त्यही दिन उपेन्द्र यादव भारत पुगेका थिए । उनी भारतका विभिन्न राज्यको भ्रमण गर्दै भारतको झारखण्ड हुँदै भदौ २१ गते नेपाल फर्केका थिए । उनी भारत एउटा वैवाहिक कार्यक्रममा गएको भनिएको थियो । 

यता जनमत पार्टीका अध्यक्ष राउत एउटा अमेरिकी संस्थाको कार्यक्रममा भाग लिनका लागि भदौ ३० गते अमेरिका पुगेका थिए । दुई दिने एउटा तालिममा सहभागी भएर उनी अमेरिकामा विभिन्न भेटघाट गरी आज बिहानै अमेरिकाबाट फर्केका छन् । उता उपेन्द्र यादव उनी अमेरिकाबाट फर्केको एक दिनअघि असोज १२ गते बिहान २ बजे अमेरिका लागि उडेका थिए । 

हिजो अमेरिका पुगेका उपेन्द्र यादव आज एसोसिएसन अफ नेपाली तराइन इन अ‍मेरिकाको महाधिवेशनमा सहभागी भए । उनी अमेरिकाबाट असोज २३ गते फर्किने कार्यक्रम रहेको छ । त्यसबीचमा अमेरिकामा विभिन्न राजनीतिक तथा सामाजिक भेटघाट हुने पार्टीका नेताहरू बताउँछन् । 

भारतबाट फर्केको २३ दिनपछि उनी अमेरिका गएका हुन् । उनलाई चीन भ्रमणको पनि निम्ता आएको छ तर जाने कि नजाने निश्चित नभएको पार्टी स्रोतले जनाएको छ । ती स्रोतले भन्यो, ‘चीनले धेरै पहिलादेखि नै अध्यक्षज्यूलाई आफ्नो देशको भ्रमण गराउन खोजेको हो । तर उहाँले टार्दै आउनु भएको थियो । आफ्नो ठाउँमा अरुलाई पठाउनु हुन्थ्यो । अमेरिकाबाट फर्केपछि के गर्नु हुन्छ थाह छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप