बजार
फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो
शनिबार, १३ असोज २०८०, २१ : ३३
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको छ । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० (प्रतिलिटर करिब ८ रुपैयाँ) बढाएको छ ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएके निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ र डिजेल तथा मट्टितेलको १७९ रुपैयाँ पुगेको छ भने यस्तै एलपी ग्यासको २११० रुपैयाँ पुगेको छ ।
शनिबार इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएसँगै निगमले पनि बढाएको हो । निगमले स्वतालित मूल्य प्रणालीअनुसार भन्दै निरन्तर मूल्य बढाइरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण