कोशी प्रदेश
एमाले कोशी प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि आज बिहान ११ बजेपछि मतदान
आइतबार, १४ असोज २०८०, ०६ : २९
मोरङ । नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज बिहान बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने भएको छ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ ।
प्रदेश अध्यक्षका लागि नेताहरू विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । ढकालको प्रस्तावकमा मुकेश बुढाथोकी र समर्थकमा महेश भट्टराई रहेका छन् । यस्तै खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका ढकाल विराटनगर निवासी हुन् भने खतिवडा लेटाङका हुन् । एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण