बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमाले अधिवेशन : फेरि सर्‍यो मतदानको समय

आइतबार, १४ असोज २०८०, १२ : ०३
आइतबार, १४ असोज २०८०

सुर्खेत । वीरेन्द्रनगरमा जारी नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत मतदान अझै सुरु हुन सकेको छैन । आइतबार १० बजेबाट सुरु गर्ने भनेर कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले प्राविधिक कारण ढिलाई भएको बताएको छ ।

प्रमुख निर्वाचन अधिकृत मातृका खनाले अब १ बजेदेखि मतदान सुरु हुने बताए । शनिबार दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने भनिए अझैसम्म पनि मतदान सुरु नभएपछि नेता, कायकर्तामा असन्तुष्टि पैदा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप