लुम्बिनीमा लगाइयो लम्पी स्किन विरुद्धको ७५ हजार खोप
_yMNYXZ2zp5.jpg)
बुटवल । लुम्बिनी प्रदेशमा हालसम्म ७५ हजार ४२० पशुपन्छीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । रोगबाट अहिलेसम्म ९ हजार ६११ पशुको मृत्यु भएको छ भने १ लाख ९२ हजार १८ सङ्क्रमित भएका छन् । त्यस्तै, १ लाख १८ हजार १२९ पशुपन्छीको उपचार भएको लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
सङ्क्रमित पशुमध्ये ५ हजार ८०१ भैँसी हुन् । तीमध्ये ५ हजार ३०९ भैँसीको उपचार भएको छ भने १५६ को मृत्यु भएको छ । सङ्क्रमित पशुको उपचार स्थानीय तह र पशु कार्यालयबाट गरिएको निर्देशनालयका निर्देशक सूचना अधिकारी डा लोकराज भुसालले जनाए ।
कुन जिल्लामा कति खोप ?
लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये लम्पी स्किनबाट सबैभन्दा बढी पशुको मृत्यु रोल्पामा भएको छ । त्यहाँ ३ हजार ४९१ पशु यो रोग लागेर मरेको निर्देशनालयले जनाएको छ । रोल्पामा ३१ हजार २१८ पशु सङ्क्रमित छन् भने हालसम्म त्यहाँ १८ हजार १६६ पशुपन्छीमा खोप लगाइएको छ ।
त्यस्तै, रुपन्देहीमा ७ हजार ९३४ सङ्क्रमित, ४४७ पशुपन्छीको मृत्यु र ७ हजार ३३२ लाई खोप लगाइएको निर्देशनालयले जनाएको छ ।
उता, बाँकेमा ४१ हजार ५२ सङ्क्रमित, १५२ पशुको मृत्यु, बर्दियामा १ हजार ७८ पशु सङ्क्रमित, १२५ पशुको मृत्यु, दाङमा २९ हजार २११ पशु सङ्क्रमित, ७७६ पशुको मृत्यु, रुकुममा १४ हजार ४०९ सङ्क्रमित, २ हजार ६२ पशुको मृत्यु भएको छ ।
यस्तै, प्युठानमा ३४ हजार ७२० सङ्क्रमित, ८११ पशुपन्छीको मृत्यु, अर्घाखाँचीमा ७ हजार २४१ सङ्क्रमित, ३४२ पशुपन्छीको मृत्यु, गुल्मीमा ९ हजार ४४७ सङ्क्रमित, ३९० पशुपन्छीको मृत्यु भएको छ ।
यसै गरी, पाल्पामा ६ हजार ६७१ सङ्क्रमित, ३६५ पशुपन्छीको मृत्यु, नवलपरासी पश्चिममा ८९४ सङ्क्रमित र ४१ पशुपन्छीको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यस्तै, अहिलेसम्म कपिलवस्तुमा ४ हजार २५, बाँकेमा ६ हजार २३७, बर्दियामा ५ हजार २२५, दाङमा ३ हजार ६००, रुकुममा १२०, प्युठानमा ७४७, अर्घाखाँचीमा ४ हजार ४०९, गुल्मीमा ११ हजार १४९ र पाल्पामा २ हजार २६९ पशुपन्छीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।
उता, नवलपरासी पश्चिममा अहिलेसम्म एउटा पशुपन्छीमा पनि लम्पी स्किन विरुद्धको खोप लगाइएको छैन । त्यहाँ रोगको प्रकोप निकै कम देखिएकाले नलगाएको हो ।
नेपालमा अहिलेसम्म लम्पी स्किन विरुद्ध १३ लाख खोप आएको छ । अव दसैँपछि सङ्घीय सरकारले खोपको स्रोत खोजी गरेमा लुम्बिनी प्रदेशमा पनि खोप लगाउन बजेट स्रोत सुनिश्चित गरिएको निर्देशनालयका निर्देशक डा. प्रवेश सिंह कुँवरले बताए ।
विज्ञहरूका अनुसार यो रोग नियन्त्रणको विकल्प भनेको खोप नै भएकोले कन्तीमा ८० प्रतिशत पशुमा यो खोप लगाउनुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ