साउदी अरब पुगेका म्यानपावर सञ्चालक सम्पर्कविहीन

काठमाडौँ । नेपालीहरूले भोग्दै आएको समस्या समाधान गर्न साउदी पुगेका एक म्यानपावर व्यवसायी सम्पर्कविहीन बनेका छन् । सेप्टेम्बर १९ मा साउदी पुगेका फ्रेन्डशिप इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसेसका सञ्चालक वीरेन्द्र शाह सम्पर्कविहीन बनेका हुन् ।
साउदीको रियादस्थित फारिस अल रीम कम्पनीमा काम गर्न भनी गएका नेपालीहरूले तलब तथा खान बस्न समेत नदिएको भन्दै गुनासो गरेका थिए । त्यसपछि समस्या समाधानका लागि सञ्चालक शाह आफैँ साउदी पुगेका थिए । तर, हालसम्म सम्पर्कमा नआएका हुन् ।
यो विषयमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मन्चले सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका महासचिव कुन्छा दोर्जे डिम्दोङ्गले प्रधानमन्त्री कार्यालयमा उनको खोजीका लागि पहल गरिदिनु अनुरोध गरिएको बताए ।
यो विषयमा साउदीस्थित नेपाली दूतावाससँग समेत सम्पर्क गरिएको छ । तर, दूतावासले समेत ठोस जवाफ दिन नसकेको उनको भनाई छ ।
उनको कम्पनीमा मार्फत कामका लागि गएका नेपालीहरूलाई एउटै कोठामा बन्द गरेर राखेको थियो । त्यही क्रममा उनीहरूले भिडियो बनाएर आफूहरू समस्या समाधान गर्न आएका शाहलाई ४÷५ जनाको समूहमा आएका व्यक्तिहरूले हातपात गरेर लगेको बताएका थिए ।
‘वीरेन्द्र सर हाम्रो कोठामा आउनुभयो । हामीले भोगिरहेको समस्या समाधान गर्नको लागि यता आउनुभयो । केही व्यक्ति आएर हातपात गरेर लगेर गए । कहाँ लगे ? किन लगे हामीलाई केही जानकारी भएन ?’ भिडियोमा बोल्ने नेपाली कामदारहरूले भनेका छन् ।
दूतावासका अनुसार आवश्यक सोधपुछको लागि भन्दै साउदी प्रहरीले नियन्त्रणमा लिएको छ । यो विषयमा दूतावासले थप बुझ्ने काम गरिरहेको छ ।
शाहका परिवारले भने विभिन्न केस लगाएर शाहलाई फसाउने भन्दै साउदीको कम्पनी नै लागेको आरोप लगाएका छन् । त्यसैले उनीहरूले सरकारसँग उनको खोजी कार्य गरी नेपाल फर्काइदिन अनुरोध गर्दै आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
-
तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?
-
ध्यानु र सोवर्णी गाईका स्वभाव, जसले मलाई मानिसको प्रवृत्ति बुझ्न प्रेरित गरे
-
प्रधानसेनापतिद्वारा विजयी क्लब र खेलाडीलाई पुरस्कार प्रदान
-
प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने ?
-
राजावादीलाई प्रधानमन्त्रीको जवाफ : जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन