नेपाली प्रवासी मजदुरबारे बनाइएको फिल्मले जित्यो अन्तर्राष्ट्रिय अवार्ड
‘बहादुर–द ब्रेभ’ नामको फिल्मले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड पाएको छ । उक्त फिल्म नेपाली प्रवासी मजदुरमा आधारित छ । कोभिड–१९ का बेला भारतमा नेपाली प्रवासी मजदुरले पाएको सङ्घर्ष यस फिल्मको मुख्य विषयवस्तु हो । फिल्मलाई भारतका रोहतकमा बस्ने केही युवाले बनाएका हुन् ।
सान सेबास्टियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७१ औँ संस्करणमा यस फिल्मले ‘कुट्छाबैंक–न्यु डिरेक्टर अवार्ड’ हात पारेको हो । आठ दिन लामो यो फेस्टिभल स्पेनको सान सेबास्टियनमा आयोजना गरिएको हो । कार्यक्रम शनिवार सम्पन्न भयो ।
हरध्यान फिल्म्सका भिस्भेस सिंह शेरावत र सिनाइ पिक्चर्स अफ थोमसका अजय अब्राहमद्वारा निर्मित यस फिल्म सेप्टेम्बर २३ मा फेस्टिभलको ‘न्यु डिरेक्टर्स’ अन्तर्गत वर्ल्ड प्रिमियर गरिएको हो ।
शेरावतका अनुसार ‘बहादुर–द ब्रेभ’ नेपाली प्रवासी मजदुरले भारतमा के कस्ता समस्या भोग्छन् भन्ने विषयवस्तुमा केन्द्रित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण