सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिरहा, गोलबजार नगरपालिका-९ स्थित सडकमा राजबिराजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ७१८७ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा मिर्चैया नगरपालिका-२ मल्हनिया बस्ने ४० वर्षीय राज कुमार सदा र बसका सह-चालक धनुषा जनकपुर उपमहानगरपालिका-२० बस्ने ५२ वर्षीय अनिल झा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मध्ये ९ जनाको भुमिजा अस्पताल गोलबजारमा, ४ जनाको लङ लाईफ अस्पताल गोलबजारमा, १ जनाको रिलाईफ हेल्थ केयर लहानमा, १ जनाको जनकपुरमा उपचार भइरहेको र ६ जनालाई उपचारको लागि विराटनगर नर्सिङहोमतर्फ रिफर गरिएको छ । साथै दुर्घटनामा घाइते भएका ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जना उपचारको लागि भारतको पटनातर्फ गएका छन् । बस चालकलई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता रोल्पाको रोल्पा नगरपालिका-१ भदौरे मोडस्थित सडकमा दाङबाट लिवाङतर्फ जाँदै गरको ई.जि.कन्ट्रक्सन प्रालि दाङको रा.१ क ११८७ नम्बरको जेसीबीको ब्रेक फेल भई आइतबार दिउँसो दुर्घटना हुँदा सह-चालक दाङ राप्ती गाउँपालिका-३ मसुरिया बस्ने २२ वर्षीय अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण