पीडामा रहेका नागरिकलाई न्याय दिनुपर्ने चुनौती छ : वर्षमान पुन
सोमबार, १५ असोज २०८०, १९ : ०६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौती रहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रियाका केही काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई सबै राजनीतिक पार्टीहरु मिलेर टुंग्याउनुपर्ने बताए ।
उपमहासचिव पुनले विगतका राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई न्याय दिनुपर्ने आवश्यकता रहेको बताए । उनले राजनीतिक दलहरुमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक रहेको बताए ।
उपमहासचिव पुनले स्थायी शान्ति र दीर्घकालीन वातावरणमा लैजानुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण