भरतपुरमा विरुवा उखालेर फाल्ने महिला पक्राउ
सोमबार, १५ असोज २०८०, २२ : ०३
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ३ अन्तरगत सहिदचोक बेलचोक सडकखण्डको विरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्ने महिला वर्ष २८ की खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
आज दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सोमबार राती सवा २ बजे आफ्नै पसल अगाडि रहेको विरुवा उखालेर फालेको सिटी टिभी फुटेजमा देख्न सकिन्छ । घर अगाडि रुख ठुलो भई असर पार्ने भन्दै विरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियान अन्तर्गत यो सडकमा विरुवा रोपिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण