सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
मोरङको बेलबारी नगरपालिका-२ लालभित्तिस्थित सडकमा को.३६ प ९३६८ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ईलाम चुलाचुली गाउँपालिका-५ बस्ने ७२ वर्षीय भिम बहादुर राईको सोमबार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यता दैलेखको दुल्लु नगरपालिका-१ मण्डातिमिलापानीस्थित सडकमा क.प्र.०२-००१ क १९९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय गोपाल थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको दुल्लु अस्पताल दुल्लुमा उपचार भइरहेको छ ।
त्यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा लु.४९ प ४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा चालक तिलोत्तमा नगरपालिका-१ संखरनगर बस्ने २६ वर्षीय गोबिन्द ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई उपचारको लागि चौराहा हस्पिटल पठाइएको छ ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण